Mangal Maity Appeal

सिलिगुडी महानगरीमा हाम्रो जातिगत धेरै संघ - संस्थाहरु छन्, जसले आ-आफ्ना इलाका इलाकामा सामाजिक, संस्कृतिक, साहित्यिक क्षेत्रमा सराहनीय कार्य गर्दै आएका छन् | कतिपय सम्पुरक एवं परिवार्द्धित लक्ष्य र थप केही भिन्न उद्दश्य लिएर सिलिगुडी जस्तो केन्द्रभूमिमा 'मङ्गल माइती'-ले समर्ग गोर्खे जातिको वृहत्तर स्वार्थमा विशेष केही सामूहिक कार्यक्रम अंगालेर एउटा ठोस पाइलो अघि सारेको छ |

यहाँ कतिपय संघ - संस्थाका निजी कार्यालय भवन भए तापनि समर्ग पहाड़ र समतल क्षेत्रमा छरिएर बसोबास गर्ने समस्त गोर्खे सन्तानहरुबीच समुचित समन्वय स्थापना गरी तिनीहरुको सामाग्रिक, सामाजिक, संस्कृतिक, शैक्षणीक साथै अर्थनैतिक उत्थान र विकास हेतु विविध साझा सार्वजनिक / सामुदायिक कार्यक्रम सहुलियतको साथ सुसम्पन्न गर्न सिलिगुडी महानगरीमा अरु जातिहरुको बङ्ग भवन, मारवाडी सेवा सदन, यादव समिति भवन, जसपाल भवन, ऋषि भवन सरह सबै सुविधायुक्त हाम्रो कुनै निजी भवन अझसम्म नहुदा परिआएको परि - मर्का, भोग्न परिरहेको हीनमनता सबैले अनुभव गर्न परेकै छ |

उपरोक्त विषयहरु मध्यनजर राखी मङ्गल माइतीले सिलिगुडी महानगरीको केन्द्रस्थल दार्जीलिंग मोड़मा पार्वत्य ट्रक बिसौनी छेउ दश कट्ठा जमीनमा अनुमानिक ७५ लाख रुपियाको लागतमा एउटा प्राय: १६ हजार वर्गफीट आयतनको चार तले भव्य सार्वजनिक जनकल्याण भवन निर्माण गर्ने जमर्को लिएको छ |

निर्माणधीन जनकल्याण भवनमा निम्नलिखित जनहितकारी परिसेवाहरु समावेश रहने छन् :-

१. स्वास्थ्य - चिकित्सा सम्बन्धी परिसेवा

स्वास्थ्य - चिकित्सा सूचना केन्द्र : सिलिगुडी, महानगरीमा कुन रोगको निम्ति कुन डाक्टर, कुन अस्पताल अथवा नर्सिङ होम उपर्युक्त हुने, अनुमानिक खर्च, सम्पर्क गर्ने टुङ्गो आदि सबै जानकारी नि:शुल्क उपलब्ध गराइने योजना छ | साथै सिलिगुडी बाहिर देशभरकै चिकित्सा व्यवस्थाको पनि सम्पूर्ण जानकारी यथासम्भव प्रदान गर्ने प्रयास गरिने छ | तत्काल सुचना प्रदान गर्ने सुविधाको निम्ति 'वेबसाइट' र 'इन्टेरनेट' - को सुविधा सदुपयोग गरी कम्प्युटरमा समस्त जानकारी सङ्ग्रह गर्ने व्यवस्था निकट भविष्यमा रहने छ |

News & Updates